आर्थिक अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई एसपी निलम्बित

मंसिर १७,२०७७

-

मंसिर १७,२०७७ काठमाडौं ।
नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी)लाई निलम्बनमा परेका छन् ।  
 
एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादवलाई निलम्बन गरिएको हो। 
 
निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाइएको छ । 
 
कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुखेर्तमा रहँदा उनीहरुले प्रहरी आचरण विपरित आर्थिक अनियमितता गरेको छानविन रिपोर्टका आधारमा गृह मन्त्रालयले निलम्बन गरेको बताइएको छ ।
 
बस्नेत अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र यादव महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थिए । 
 
गृह मन्त्रालयले केही दिनअघि मात्र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी भरत चौधरीलाई निलम्बन गरेको थियो । 
 
चेन अफ कमाण्डलाई जानकारी नगराइकन ड्युटी छाडेको आरोपमा मन्त्रालयले उनलाई निलम्बन गरेको हो । अहिले मालाखोतीमा डिएसपी प्रेम बहादुर शाहीलाई खटाइएको छ ।