वर्ल्डलिंक कम्यूनिकेशन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

मंसिर १७,२०७७

-

मंसिर १७,२०७७ काठमाडौं ।
वर्ल्डलिंक कम्यूनिकेशन्स “मेरिट पुरस्कार“ बाट सम्मानित भएको छ । १९ नोभेम्बरमा वर्ल्र्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजिना गरेको २०२० टेकफेष्ट लाईभ रोड-टु-विट्सा मलेसिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो ।
 
उक्त समाहरोहमा वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडले नेपालका विभिन्न भागहरु लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन “मेरिट पुरस्कार“ जित्न सफल भएको हो । हालसम्म यो पुरस्कार पाउने वर्ल्डलिंक कम्यूनिकेशन्स नेपालको पहिलो कम्पनी हो ।
 
सन १९७८ मा स्थापित, वर्ल्ड इन्फरमशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो । जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध भएका छन् । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।
 
विश्वव्यापी आईसीटी उद्योगको अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागी र उद्योग बृद्धि गर्ने उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेको छ ।
 
उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारका आयोजना गर्दै आइरहेको छ । विट्साको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो ।