च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको लगातार पाँचौँ जित

मंसिर १८,२०७७

-

मंसिर १८, २०७७ काठमाडौं ।
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले लगातार पाँचौँ जित निकालेको छ ।
 
सतप्रतिशत नतिजा कायम राखेको बार्सिलोनाले बुधबार भएको समूह ‘एच’ को खेलमा हंगेरीको एफटीसीलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।
 
बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान, ब्रेथवेट र डेम्बेलेले एकएक गोल गरे ।
 
बार्सिलोनाले समूह विजेताका लागि अर्को हप्ता युभेन्ट्ससंग खेल्दैछ । बार्सिलोना १५ अंकसहित समूहको शीर्ष स्थानमा छ ।