नेपाल र भारतबीचको बैठकमा लिम्पियाधुरा हकभोगको विषय उठाउन संसदीय समितिको निर्देशन

मंसिर १९,२०७७

-

मंसिर १९,२०७७ काठमाडौं ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निकट भविष्यमा हुने नेपाल र भारतबीचको संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा लिम्पियाधुराको नेपाली भूभाग हकभोगको विषय उठाउन सरकारलाई निर्देशन दिएको छ ।
 
शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत नेपाली भूभागमा भइरहेको भारतीय अतिक्रमण रोकी नेपालको हकभोग कायम गर्ने विषयलाई संयुक्त आयोगको बैठकमा उठाउन निर्देशन दिएको हो ।
 
बैठकमा सहभागी परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र भारतका बीचमा रहेका सीमा विवादलाई केन्द्रमा राखेर मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएका थिए । त्यसपछि समितिले उक्त संयुक्त आयोगको बैठकमा ४ वटा विषय उठाउन निर्देशन दिएको छ ।