शनिबार एक हजार २४ जनामा कोरोना संक्रमण, मर्नेको संख्या १५७७ पुग्यो

मंसिर २०,२०७७

-

मंसिर २०,२०७७ काठमाडौं ।
 
नेपालमा पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ ।
 
यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ थियो ।
 
पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २४ हजार ५३ पुगेको छ ।
 
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
 
यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ रहेको थियो ।
 
नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
 
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।