पर्यटन उद्योगलाई चलायमान बनाउन फेवाताल किनारमा सडक महोत्सव सुरु

पौष १६,२०७७

-

पुस १६,२०७७ काठमाडौं ।
 
कोभिड-१९ का कारण थलिएको पर्यटन उद्योगलाई चलायमान बनाउन पोखराको फेवाताल किनारमा बुधबारदेखि सडक महोत्सव सुरु भएको छ  । अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गर्न सुरु भएको पोखरा सडक महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गरे ।
 
महोत्सव उद्घाटन विभिन्न जातीय संस्कृतिक झाँकीसहित भएको थियो । फेवाताल किनारको ३ किलो मीटर क्षेत्रमा रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले संस्कृतिक प्रस्तुतिसहित विभिन्न खानाका परिकार पस्केको छ । 
 
कोरोनाले थला परेको पर्यटन उद्योगलाई चलायमान बनाउन महोत्सव सफल हुने मुख्यमन्त्री गुरुङले विश्वास गरे । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न स्वास्थ्य सतर्कता अपनाएर यस्ता महोत्सव हुनुपर्नेमा जोड दिए । 
 
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कोरोनासँग डराएर भन्दा पनि अव सजक रहेर नियमित काममा फर्कनुको विकल्प नरहेको सुनाए । नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मीले सरकारले व्यवसायीलाई दिने भनेको सहुलीयत प्याकेजमा ढिलाई गरेकोमा रोष व्यक्त गरे । मौद्रिक नीतिमा दिने भनिए पनि व्यवसायीले अझै सम्म नपाएकोले व्यवसायी आन्दोलनमा नै उत्रनु पर्ने अवस्था आएको सुनाए ।