राजनीति गलत होइन, नेताले गलत बनाए

पौष १७,२०७७

Sabina Khatiwada

-

 

 

∙  सविना खतिवडा-----

  राजनीति सबैभन्दा ठुलो नीति हो । यो नीतिका कर्तालाई राजनीतिका नेता भनिन्छ । सबैभन्दा ठुलो नीतिका कर्ता जिम्मेवार बन्नुपर्छ । तर, विडम्बना नेपालमा यसको ठिक उल्टो बनिरहेको छ ।
 
  भन्दा र सुन्दा पनि लाज लाग्छ, नेपालका अहिलेका नेताहरुको स्वभाव नेतामा हुनुपर्ने कसैको पनि छैन । आज सबै भन्दा संवेदनशील हुनुपर्ने व्यक्तिहरू पागलपन देखाइरहेका छन् । बालिका निर्मलालाई न्याय दिन सडकसम्म आउन नसक्ने सरकार आज भोटको लागि सडकमा रमिता देखाइरहेका छन् ।
 
के निर्मलाको न्यायका लागि यी नेताले कुनै दिन सडकमा ओर्लिए ? अहं आएनन् । उनिहरुले आफ्ना छोरी, नातिनीको मात्र भविस्य बनाए, तर जनताका छोरीहरु अनाहकमा बलत्कृत भए, मारिए । तर, उनिहरु जनताको पक्षमा आवाज उठाउँदैनन् ।
 
  यस्तो परिस्थितिमा कुर्चीको लागि अनि व्यक्तिगत स्वार्थको लागि आफूलाई ठूला बडा ठान्ने ती नेताहरु सडकमा जनतालाई अल्मल्याउने काम गरिरहेका छन् । अब हामी जनता सचेत हुन जरुरी छ । अन्यायमा परेकालाई न्याय दिन जनता सडकमा आउँदा कोरोना लाग्छ भनेर सुरक्षा निकाय खटाउने सरकार आज आफ्नो लागि जनताको दैलोमा हात जोडिरहेका छन् । आफ्नो स्वार्थका लागि सडकमा आउने नेताले रोग बिर्सिए । जनतालाई कोरोनाको रोगमा धकेलिदिए ।
 
  आज आन्दोलन गर्ने नेताहरु भीड जम्मा गर्न तछाड मछाड गरिरहेका छन् । जनताको भबिस्य त सोचेका नै छैनन् । खाली पार्टी फुटाउन र मिलाउन मा व्यस्त छन् । पार्टी भित्रको विश्वासलाई तोडेका छन् । के गर्दा राम्रो हुन्छ ? अनि देश मा के योजना बनाउने भन्ने कुराको कुनै ज्ञान नै छैन भने यो रमिता नदेखाउँदा हुन्छ । किनकी हामी युवा छौं राम्रो कामको लागि लड्नेछौं । तपाईं चिया खाएर घरमा बस्नुस् । देशमा धेरै आपराधिक घटना घटिरहेका छन् । कतिले त समस्या मन मै लुकाइरहेका छन् । न्याय मिल्छ भन्ने कुराको आश पनि मारेर बसेका छन् । पीडितको आँखामा आँसु बगिरहेछ तर न्यायको लागि ढोका बाहिर जान नसक्ने सरकार आज स्वार्थको लागि कोट लगाएर सडकमा ‘म यता छु’ भन्दै मूर्ख अनुहार देखाइरहेका छन् । 
 
  भन्नुस् तपाईं नेता कि नक्कली भिकारी ? खै त जनतालाई न्याय ? यही हो राजनीति ? जनतालाई मारेर तपाईंलाई के मिल्छ ? त्यही भष्टाचार अनि घुम्ने कुर्सी ? कस्तो सोचले भरिएका व्यक्ति । अब फेरि हामीले गल्तीलाई स्वीकार्नु हुन्न । आजसम्मको घडीलाई फर्केर हेर्दा राजनीति गलत हैन राजनीति गर्ने तपाईं जस्ता नेताले  गलत सावित गरिएको छ ।
 
नियत खराब भएपछि कस्को के लाग्दो रहेछ र ? त्यसैले, अब यि सारा खराब नेताहरुलाई बढारेर निष्पक्ष र सफा अनुहारहरु राजनीतिमा आउनुपर्छ । त्यो भनेको कुनै दलमा सहभागी नभएका युवाहरुको जमात हो ।
 
  अब संवेदनशील हुनुपर्ने राजनीतिमा युवाको ठाउँ हामी आफै बनाउँछौ ं। हामी देशलाई तपाईँको रमितामा रुमल्लिन दिदैनौ ं। आज कत्ति जनताको ज्यान गुमेको छ तपाईहरुको रमिताले । कसैको ज्यान जोगाउनपर्ने सरकार आज राक्षस किन बन्दैछ ? अब देशमै केही गर्छु भनेर बसेका युवाहरुमा फेरि निराश थपिएको छ । परिवारलाई खुसी दिन विदेशिनुपर्ने बाध्यता छ । अनि तपाईंलाई सुहाएको होला त ? रमिता देखाउँदै गर्दा ? जानुस त कत्ति ठाउँमा सडकमा मागेर खानुपर्नेलाई उद्दार गर्नुस् । जिम्मेवारी पूरा गर्नुस् । यस्तो लाजमर्दो काम गरेर देश र जनतालाई मार्ने काम नगर्नुस । हाम्रो लागि तपाईं हैन देश ठूलो हो । 
 
 यहाँ सबै नेताहरु र सरकार गैरजिम्मेवार बनेर जनताले दुख पाइरहेका छन् । सत्ताको स्वाद चाख्न नपाउनेहरु सडकमा र सत्तामा हुनेहरु देश दोहनमा लागेको यथार्थ अब कतै छिपेको छैन । सत्तामा बस्ने र सत्तामा नबस्ने दुबै उति नै स्वार्थी छन् । जनताको स्वार्थको लागि अहिलेसम्म कुनै दलले काम गर्न चाहेनन् । यिनले चाहेको भए जनताको पक्षमा धेरै काम गर्न सक्थे । तर, नियत खराब भएपछि कस्को के लाग्दो रहेछ र ? त्यसैले, अब यि सारा खराब नेताहरुलाई बढारेर निष्पक्ष र सफा अनुहारहरु राजनीतिमा आउनुपर्छ । त्यो भनेको कुनै दलमा सहभागी नभएका युवाहरुको जमात हो । किनकी, राजनीति खराब होइन, यहाँ खराब बनाइएको हो । अब युवाहरुको पंक्तिले राजनीतिलाई राम्रो बनाउने साहस गर्नुपर्छ । 
 
(सविना खतिवडा एक युवा सामाजिक कार्यकर्ता हुन् । उनले भविस्यमा राजनीतिबाट समाजसेवा गर्ने लक्ष्य बोकेकी छिन् । धादिङ जिल्ला गल्छी– २ निबासी उनि चितवनको भ्याली स्टेट कलेजमा अध्ययनरत छिन् । )