मुनामदन-२ को म्युजिक भिडियोसहित सार्वजनिक

पौष २२,२०७७

-

पुस २२, २०७७ काठमाडौं ।
मनोज कार्किको निर्माता गित मुनामदन-२ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
 
मनोज कार्किको निर्माता रहेको गीतलाई गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वर रहेको छ । 
 
त्यस्तै गीतमा शब्द र संगित पनी गायक जनक बिबश न्यौपानेकै रहेको छ । राजु कार्कीको एरेन्ज रहेको उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्ठ र नब नायिका याङसु श्रेष्ठको शसक्त अभिनय रहेको छ।
 
नेपाली सुगम संगितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी रहेको छ। सार्वजनिक उक्त भिडियोलाई जनक बिबश न्यौपाने युट्युब च्यानलमा हेर्न सकिन्छ ।
 
केही दिनअघि राजधानिमा सार्वजनिक गरिएको यस म्युजिक भिडियोले युवापुस्ताको प्रेम प्रस्तुत गरेको छ । साथै यसले दर्शक श्रोताको मन जित्नेसमेत निर्माण टिमको दाबी रहेको छ ।