सिराहामा आगलागीमा परि ८ वर्षीय बालकको मृत्यु

पौष २३,२०७७

-

पुस २३,२०७७ काठमाडौं ।
सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका(७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार ८ वर्षीय छोरालाई घरभित्र सुताएर आमाबुवा बजार गएको समयमा आगलागी हुँदा बालकको मृत्यु भएको हो । बुधबार साँझ जाबिरलाई घरभित्र सुताएर रसिद र उनकी श्रीमती बजार गएका थिए । लामखुट्टेले धपाउनका लागि उनीहरुले घुर पनि बालेर गएका थिए । सोही घुरको आगो सल्केर आगलागी हुँदा बालकको मृत्यु भएको हो ।
 
‘बजार जाँदा बालिएको घुर निभाएर गएको भए आगलागी हुने थिएन,’ इलाका प्रहरी कार्यालय मिर्चेयाका डीएसपी सन्टु जयसवालले भने, ‘लापरबाही भएकै कारण ठूलो घट्ना भएको छ ।”
 
उक्त आगलागीले घर र घरभित्रका सम्पूर्ण सामान जल्दा रु ५ लाख बराबरको क्षति समेत भएको उनले बताए । आगोलाई स्थानीयले नियन्त्रणमा लिएका थिए ।