चुनाव चिन्ह र पार्टीको आधिकारिकता आ-आफ्नै भएको दाबी गर्दै नेकपाका दुवै पक्षले आयोगलाई बुझाए जवाफ

पौष २९,२०७७

-

पुस २९, २०७७ काठमाडौं ।
 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ओली र दाहाल-नेपाल दुबै समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन्।
 
निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘विवरण’ पेश गर्न भनेको थियो ।
 
सोही अनुरुप दुवै समूहले पत्र पठाएका हुन् । दुबै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए ।
 
ओली समूहका नेता सुवास नेम्वाङ सहितको टोलीले आयोग पुगेर कागजात, जवाफहरु पेस गरेको हो ।
 
दाहाल(नेपाल पक्षले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै नै सबै बुझाइसकेको हुँदा अहिले जवाफमात्र पठाएको जनाइएको छ ।
 
आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको हुन । चुनाव चिन्ह, पार्टीको आधिकारिकता लगायतका विषयमा दुवै पक्षले आ-आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।