नेपालका केही जानकार हुँ भन्नेहरुले अराजकता निम्त्याएको ओलीको आरोप

माघ ०३,२०७७

-

माघ ३,२०७७ काठमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अराजकता, अनुशासनहीनता निम्त्याइएको आरोप लगाएका छन् ।
 
नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा शनिबार सम्बोधन गर्दै ओलीले नेपालका केही बुद्धिजीवी, राजनीतिज्ञ र जानकार हुँ भन्नेहरुले मुलुकका सम्मानित संस्थाहरुमाथि अपमान गर्ने, गाली बेइज्जती गर्ने काम गरेको बताएका हुन् ।
 
देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको उनले बताए । नेकपा दाहाल-नेपाल समूहलाई इंगित गर्दै ओलीले पार्टी अध्यक्षविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक, सञ्‍चारमाध्यमहरुमा गएर असभ्य बोल्ने काम भएको भन्दै असन्तुष्टि जनाए ।
 
उनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमा कि बृहत् इजलासमा भन्नेमा विवाद गरेर अड्को थापिएको उनको आरोप छ ।