माइतीघरमा प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक अगुवाहरुको प्रदर्शन

माघ ०३,२०७७

-

माघ ३,२०७७ काठमाडौं ।
 
प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलन अन्तर्गत नागिरक अगुवाहरुले काठमाडौंको माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । 
 
प्रदर्शनमा नागरिक अभियन्ता, पत्रकार, न्यायाधीश, प्रध्यापक लगायतको उपस्थिति थियो । विरोध कार्यक्रममा डा. गोविन्द केसीले न्यायपालिका अग्नि परीक्षामा रहेको र उसले संविधानको रक्षा गर्नुपर्ने बताए । 
 
प्रदर्शनकारीहरुले प्रतिनिधिसभा मार्न पाइँदैन । निरंकुश सरकार चाहिँदैन । संवैधानिक निकायको कब्जा बन्द गर । असंवैधानिक नियुक्ति खारेज गर ।दलको झगडामा संविधानको बली चढाउन पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका थिए ।