मिस नेवाः मकवानपुरको उपाधि प्रिया शाहीले जितिन

माघ ०६,२०७७

-

माघ ६, २०७७ काठमाडौं ।
यस वर्षको मिस नेवाः मकवानपुरको उपाधि प्रिया शाहीले पाएकी छिन् । लुक्स फेसन होमले हेटौँडा मेन रोडको एक होटलमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै शाहीले उपाधि हात पारेकी हुन् ।
 
नेवार भाषा ,कला , संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ पहिलो पटक मिस नेवाः मकवानपुरको आयोजना गरिएको हो । प्रतियोगितामा फस्ट रनर अप लुनिभा श्रेष्ठ, सेकेण्ड रनरअप मनिका खड्गी भएका छन् ।
 
उपाधिसँगै मिस नेवाः मकवानपुर, फस्ट रनर अप र सेकेण्ड रनर अप विजेताहरूलाई क्रमशः ४० हजार, २० हजार र १५ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।  ​