प्रतिनिधिसभा विघटनविरुद्ध नेविसंघका कार्यकर्ता केश मुण्डन गरेर प्रदर्शनमा

माघ ०६,२०७७

-

माघ ६,२०७७ काठमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् । 
 
काठमाडौंको ज्ञानेश्वरबाट सुरु भएको उनीहरुको विरोध र्‍याली कमल पोखरीमा पुगेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
 
प्रदर्शनकारीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध तथा नेकपा सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।