संसद विघटनविरुद्ध प्रचण्ड-माधव समूहको मोटरसाइकल र्‍याली

माघ ०७,२०७७

-

माघ ७,२०७७ काठमाडौं ।
नेकपा प्रचण्ड-माधव समूहले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली निकालेको छ । यो समूहको जनसंगठनहरुले भृकुटीमण्डपबाट र्‍याली निकालेको हो ।
 
मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत हुनेछ ।
 
त्यहाँ जनसंगठनका प्रमुखहरुले सम्बोधन गर्नेछन् । प्रचण्ड-माधव समूह संसद् विघटन विरुद्ध चरणबद्ध आन्दोलनमा छ ।