प्रदेश १ को हिउँदे अधिवेसनको पहिलो बैठक तीन मिनेट बसेर स्थगित

माघ ०७,२०७७

-

माघ ७,२०७७ काठमाडौं ।
 
प्रदेश १ सभाको हिउँदे अधिवेसनको पहिलो बैठक तीन मिनेट बसेर स्थगित भएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर बैठक सकिएको हो । 
 
सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।
 
बैठकमा मुख्यमन्त्री शेरधन राई र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर फिर्ता लिने पाँच सांसद भने उपस्थित थिएनन् ।