यसरी भयो जो बाइडेन र कमला ह्यारिसको ह्वाइट हाउस प्रवेश, ट्रम्पको बिदाइ

माघ ०८,२०७७

-

माघ ७, २०७७ काठमाडौं ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पदको सपथ लिएका छन् । संसद् भवन ९क्यापिटोल हिल० मा उनले पदको सपथ लिएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाका ४६ औं राष्ट्रपति हुन् । सन् २००८ देखि २०१६ सम्म बाइडेन अमेरिकाको उपराष्ट्रपति थिए । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराए । 
 
दुइ सय ४४ वर्षको अमेरिकाको इतिहासमा ७८ वर्षीय वाइडेन सबैभन्दा धेरै उमेरमा अमेरिकाको राष्ट्रपति हुने पहिलो व्यक्ति हुनुहुन्छ । उहाँले आजै आफ्नो कार्य वहाली पनि गर्नुभयो ।
 
राष्ट्रपति अमेरिकाको सर्वोच्च र शक्तिशाली पद हो । अमेरिकी राष्ट्रपति सेनाको प्रधान सेनापति हुने संवैधानिक व्यवस्था अनुसार उहाँप्रधान सेनापति पनि हुनुभएको छ । २३ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहनुभएका वाइडेन ओवामा कार्यकाल २००८ देखि २०१६ सम्म उपराष्ट्रपति हुनुहुन्थ्यो ।
 
त्यसैगरी उपराष्ट्रपति कमलादेवी ह्यारिसले पनि राष्ट्रपति पदको सपथ लिनुभएको छ । 
 
उहाँलाई न्यायाधीश सोनिया मारिया सोतोमेयरले सपथ गराउनु भएको हो । जमैकन बाबु र भारतीय आमाकी सन्तान ह्यारिस अमेरिकी इतिहासमा सर्वाधिक ठूलो पदमा पुग्ने पहिलो अफ्रिकी तथा दक्षिण एसियाली महिला हुनुहुन्छ ।
 
विशेष समारोहमा अमेरिकाका पूर्व राष्ट्रपतिहरु, पूर्व प्रथम महिला, संवैधानिक अंगकाप्रमुखहरु, नवनियुक्त मन्त्रीहरु उपस्थितहुनुहुन्थ्यो । तर राष्ट्रपतिबाट वहिर्गमन गर्नुभएका डोनाल्ड ट्रम्प भने उपस्थित हुनुभएन । तर उपराष्ट्रपति पेन्स भने आफ्नी पत्नीसहित उपस्थित हुनुहुन्थ्यो ।
 
यस अघि राष्ट्रपतिकी उम्मेदवार एमीक्लो वाउचरले राष्ट्रपति, उपराष्ट्रपतिलगायत सम्पूर्ण उपस्थितमहानुभावहरुसमक्ष राष्ट्रपतिर उपराष्ट्रपतिको परिचयदिँदै मन्तव्यका साथ स्वागतगर्नुभएको थियो ।
 
सपथ कार्यक्रम पछि वाइडेनले करिब २० मिनेट भाषण गर्दै राष्ट्रिय एकतामा जोड दिनुभयो । उहाँले आजको दिन अमेरिकाको र प्रजातन्त्रको दिनभएको बताउनुभयो । उहाँले आफू सबै अमेरिकनको राष्ट्रपतिहुने वचन वद्धता व्यक्तगर्दै आगामीदिन अमेरिकाको लागि चुनौतीपूर्ण छ र त्यसको नेतृत्वगर्र्र्दै यो देशलाई सही बाटोमा ल्याउन आफू तयार रहेको जानकारी पनिदिनुभयो ।
 
राष्ट्रपति वाइडेन र उपराष्ट्रपति ह्यारिस आजै भर्जिनियास्थित आर्लिंगटन सिमेटरीमापुगेर मृत सैनिकहरुप्रति सम्मान व्यक्तगर्नु भएको थियो ।
 
ट्रम्पको बिदाइ
सपथ ग्रहण समारोह सुरु हुनु केही घण्टा अघि राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथममहिला मेलेनिया ट्रम ह्वाइट हाउसबाट बाहिरिनुभएको थियो ।
 
बाहिरिने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा थुप्रै सकारात्मक कार्य गरेको जानकारी दिँदै कुनै रुपमा हामी पुनःफर्कन्छौँ भनेर स्वागतार्थ उपस्थित ठूलो समूहलाई आश्वस्तपार्नुभएको थियो । उहाँले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।
त्यसपछि उहाँ पत्नी सहित विशेष विमान मार्फत फ्लोरिडा प्रस्थानगर्नुभयो ।
 
ह्वाइट हाउस छोड्ने क्रममा राष्ट्रपतिट्रम्पले टेबलमा एउटा सानो नोट छोड्नुभएको छ । त्यो नोटमा के लेखिएको छ भनेर अहिलेसम्म कसैले पनिभन्न सकेका छैनन् । गोरखापत्रबाट