भारतले अनुदानमा दिएको कोरोना खोप काठमाडौं आइपुग्यो

माघ ०८,२०७७

-

माघ ८, २०७७ काठमाडौं ।
भारत सरकारले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको १० लाख डोज कोरोना खोप बिहीबार बिहान काठमाडौं ल्याइपुर्‍याइएको हो ।
 
कोरोना खोप लिएर आएको एअर इन्डियाको विमान मध्यान्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्‍डयन प्राधिकरणले जनाएको छ ।
 
विमानस्थलमा भारतीय राजदूत विनयमोहन क्‍वात्राबाट खोप बुझ्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाल सरकार र नेपाली नागरिकका तर्फबाट भारत सरकारलाई धन्यवाद व्यक्त गरेका थिए ।