ओलीले गरे भारतीय पत्रकारको प्रसंसा !

देशभक्तिको भावनाबाट पछि नहट्न पत्रकारलाई प्रधानमन्त्रीको आग्रह

प्रचण्ड-माधवहरु नक्कली देशभक्त भएको आरोप:

माघ ०८,२०७७

-आस्था न्यूज

माघ ८, २०७७ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुमा कुनैपनि हालतमा देशभक्तिको भावना हट्न नहुने बताएका छन् । बिहीबार आफू निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले देशभक्ति मन र भावना नभए त्यो नेपाली नै हुन नसक्ने बताए ।
 
स्वार्थका लागि समाचार नलेख्न आग्रह गर्दै उनले भने, ‘यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस् ।’
 
ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बीचको एकता लामो समय नटिक्ने बताएका छन् ।
 
दुई जनाको सम्बन्ध नेपाली फिल्मको कथाजस्तै भएको भन्दै उनले प्रचण्ड माधव नेपालहरु नक्कली देशभक्त भएको आरोप लगाए ।
 
ओलीले थपे, ‘मैले अस्ति एउटा टेलिभिजनलाई अन्तरवार्ता दिएँ । आलोचना गर्ने ठाउँ कहीँ भेटिएनछ । अनि त्यो पत्रकारले इण्डियामा गएर यो एभरेष्टका नाममा किन राखेको ? भनेर के बोलेछ त्यसपछि यहाँ राष्ट्रवादको बबण्डर मच्चियो । उसले सगरमाथा खान्छु भनेको छर ? ’ओलीको प्रश्न थियो । उनले राष्ट्रवादका नाममा केही मानिस बहकिएको भन्दै त्यसरी बहकिन आवश्यक नरहेको दावी गरे ।
 
ओलीले राष्ट्रको हित र स्वभिमानको पक्षमा उभिने कुरा साँचो राष्ट्रवाद भएको बताए ।