संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने गृहमन्त्री थापाको भनाई

माघ ०८,२०७७

-

माघ ८, २०७७ काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता रामबहादुर थापा ‘बादल’ ले संसद पुनःस्थापन भए मुलुकमा प्रतिक्रान्ति हुने बताएको छन् ।
 
बिहीबार काठमाडौं राष्ट्रिय सभागृहमा ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा बोल्दै थापाले संसद पुनःस्थापना मुलुकको हितमा नभएको बताए।
 
पुनःस्थापना पनि हुँदैन । प्रधानमन्त्री केपी ओलीले संसद विघटनको  साहसिक निर्णय भएको थापाले  बताए  । देशमा अस्थिरता सिर्जना गर्न प्रतिगमन गर्ने षड्यन्त्र थियो । त्यसलाई चिर्न संसद विघटनको साहसिक निर्णय गरिएको छ । 
 
हामी प्रतिगमन षड्यन्त्र चिर्न ताजा जनादेशमा जान सरकारले निर्णय लिएको गृहमन्त्री थापाको भनाई थियो । उनले  प्रतिगमनको षड्यन्त्रमा फसेका एउटा गुट पार्टीबाट चोइटिएको बताए ।