ओली सरकारले नेपाललाई विग्रहको भूमि बनाउने काम गर्‍यो : नेता पौडेल

माघ ०८,२०७७

-

माघ ८,२०७७ काठमाडौं ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनलाई अदालतले स्वीकार गर्न नहुने बताएका छन् । अदालतले जनताको भावनाको कदर गर्दै लोकतन्त्रको रक्षाका लागि न्यायोचित कदम चाल्नुपर्ने पौडेलको भनाई छ ।
 
काठमाडौ‌ंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेको बताए ।
 
ओलीको हुकुमी शासन स्वीकार्य नभएको भन्दै, वरिष्ठ नेता पौडेलले संसद् विघटन लोकतन्त्र विरोधी कदम भएको बताए। यो संविधान विरोधी कदम मात्र नभएर राष्ट्रघाती कदम पनि हो ।
 
वर्तमान सरकारले जनताको मतदानमाथि अपमान गरेको बताउँदै उनले सरकारले जनतालाई छातीमा लात हानेर दुहाई दिने काम गरेको बताए । उनले संविधानले बहुमतको प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटनको ठाउँ नराखेको बताए । 
 
सरकार बनाउन नसकेमात्र अर्को प्रतिनिधिसभा आउँछ । सरकार दिन सकेसम्म प्रतिनिधिसभा भंग हुन्न, पौडेलले भने ।
 
अहिलेको सरकारले विग्रहको बाटो समाएर नेपाललाई विग्रहको भूमि बनाउने काम भएको उनले आरोप लगाए । अब चुनाव होला र मौका मिल्छ । कुर्सीमा हामी पुगिन्छ भन्नेमा छैनौं, पौडेलले भने, देशलाई के हुन्छ भन्ने हाम्रो चिन्ता हो । 
 
अस्थितरता भए मुलक पछाडि धकेलिन्छ । हामीले कुर्सीको लागि मात्र राजनीति गरेको हैन ।