प्रतिनिधिसभा विघटनको मुद्दामा कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न प्रधानन्यायाधीशको आग्रह

माघ ०९,२०७७

-

माघ ९, २०७७ काठमाडौं ।
 
प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दामा कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका छन् ।
 
शुक्रबारको बहसमा कानुन व्यवसायी कोपिलप्रसाद अधिकारी उभिएपछि प्रधानन्यायाधीशले १० मिनेटमा बहस सिध्याउन भनेका हुन्। अधिकारीले आफूलाई १५ मिनेट दिन आग्रह गरे ।
 
त्यसपछि प्रधानन्यायाधीश जबराले भने, हामीले पटकपटक भनिरहेका छौं । अवस्था यस्तै छ । तपाईंहरू झन्डै तीन सय जना हुनुहुन्छ ।
 
त्यसपछि अधिकारीले आफू नाम मात्रै लेखाउन नआएको जवाफ दिए । अधिकारीको जवाफ सुनेपछि प्रधानन्यायाधीशले अन्तिम फैसला आउन ढिला हुने भएकोले छोटो बहस गर्न भनेको जनाए ।