पतन हुने बेलामा ओली मेरो नाम लिएर बाँच्ने प्रयास गरिरहेका छन्ः राजेन्द्र महतो

माघ ०९,२०७७

-

माघ ९, २०७७ काठमाडौं ।
जनता समाजवादी पार्टी ९जसपा० का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित रहेको बताएका छन् ।
 
सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता महतोले केपी ओलीले हिटलर, निरंकुश र नश्लीय चरित्र देखाएकाले उनको पतन निश्चित रहेको बताए ।
 
लोकतन्त्रलाई धरापमा पार्दै प्रतिगमनतिर लम्केर नै ओलीले संसद बिघटन गरेको महतोको भनाइ छ । महतोले पतन हुने बेलामा ओली मेरो नाम लिएर बाँच्ने प्रयास गरिरहेको पनि आरोप लगाए ।
 
महतोले पतन हुने बेला राजेन्द्र महतो मेरो पार्टीमा आइरहेको भनेर केही दिन बाँच्ने प्रयास गरेको बताए । ‘जनताले प्रतिगमनको साथ नदिएपछि जसपातिर जनलहर पैदा भएको छ । त्यसलाई रोक्न जसपा नेता मेरो पार्टीमा आउँदैछ भन्ने भ्रम फैलाउने र जनसैलाब रोक्ने प्रयास गरिरहेको भन्दै त्यो सफल नहुने बताए ।
 
नेता महतोले संसद बिघटनको विषयमा भने सवोच्च अदालतले गर्ने निर्णय नै मान्य हुने बताए ।