काठमाडौंमा प्रचण्ड-माधव पक्षको विरोध प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

माघ ०९,२०७७

-आस्था न्यूज

माघ ९, २०७७ काठमाडौं ।
 
प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन शुरु भएको छ । 
 
नेकपाले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निकालेको छ ।
 
तोकिएका स्थानबाट स्थायी समितिका नेताहरुको नेतृत्वमा निस्कने जुलुुस रत्नपर्कतर्र्फ बढ्नेछ । माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् ।
 
विभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ ।
 
त्यो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।
 
नेकपा प्रचण्ड–माधव पक्षले भृकुटीमण्डपमा गर्ने बृहत विरोध प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । ट्राफिक व्यवस्थापन प्रभावित भएपछि सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका छन् ।