घनश्यामले भने-ओलीसँग साइबर सेना भनिने साइबर स्याल छ:

शक्ति प्रदर्शनपछि प्रचण्ड-माधव समूहका नेता ओलीमाथी खनिए

माघ ०९,२०७७

-आस्था न्यूज

माघ ९, २०७७ काठमाडौं ।
नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले नेकपामा को आधिकारिक हो सडकमा आएर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
 
काठमाडौंमा शक्ति भएको प्रदर्शनलाई सम्बोधन गर्दै खनालले  ‘कुन पार्टी आधिकारिक हो ? भनेर सडकमा आएर हेर्न केपी ओलीलाई निम्ता समेत गरे ।
 
त्यस्तै, अर्का नेता नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली पराजित हुनुको विकल्प नभएको बताए ।
 
भुसालले ओलीले संविधानलाई च्यातच्युत पारेर ताण्डव नृत्य देखाइरहेको आरोप लगाए । कसैलाई ओलीले चुनाव गराउँछन् भन्ने लागेको भए त्यो भ्रम मात्र भएको उनले बताए । 
 
सर्वोच्च अदालतमा दिएको जवाफमा ओलीले ७ ठाउँमा दुई तिहाइ चाहिएकाले संसद भंग गरेको भन्दै उनले दुई तिहाइ ल्याउने सुनिश्चित नहुँदासम्म केपी ओलीले चुनाव नगराउने दाबी गरे ।
 
त्योभन्दा पनि ठूलो ओलीले संविधानलाई च्यातच्युत पार्ने प्रयास गरेकाले उनलाई पराजित गर्नैपर्ने भएको उनले बताए । प्रधानमन्त्री ओलीसँग अब दुई वटा शक्ति मात्र छ । एउटा साइबर सेना भनिने साइबर स्याल छ ।
 
अर्को शक्ति ओली र उनका नेताहरुले भन्ने गरेको सेटिङ भएको भन्दै उनले त्यो जासुसी उपान्यासमा मात्र हुने बताए । ओलीलाई घुँडा टेकाएर मात्र विश्राम लिने उनको उद्घोष थियो ।