भारोत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको हृदयघातबाट निधन

माघ ०९,२०७७

-

माघ ९, २०७७ काठमाडौं ।
भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको आज बिहान निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। ६ भलवारी निवासी ५२ वर्षीय कार्कीको हृदयघातका कारण निधन भएको हो ।
 
हृदयघात भएर उपचारको लागि काठमाडौ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको पारिवारिक श्रोतले बताएको छ । सन् २०१९ मा आयरल्यान्डमा चार दिवसीय मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण पदक जितेका थिए ।
 
त्यस्तै सन् २०१९ को जुलाईमा ५०-५४ वर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा छनौट  भएका थिए । 
 
भारत्तोलक कार्कीले ४४-४९ वर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक बिजेता हुन् । नेपालमा भारत्तोलनको तालिम सचालन समेत गरेका थिए ।