तीन वर्षमा विभिन्‍न उपाय लगाउँदा पनि केपीलाई सच्याउन सकिएन्ः प्रचण्ड

माघ ०९,२०७७

-आस्था न्यूज

माघ ९, २०७७ काठमाडौं ।
 
नेकपा अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन् । 
 
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले आफूहरुले विभिन्‍न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताएका हुन् ।
 
तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकेनौं । हाम्रा पनि केही कमजोरी होलान्, उनले भने, सम्झाइ, बुझाइ, फकाइ गरेँ, कतिपय उनका कुरा मान्दिएर पार्टी र देश बचाउन सकिन्छ कि भनेको सकिएन यो सभामा म आत्मआलोचना गर्न चाहन्छु ।
 
वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार्दै दाहालले प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको बताए । ‌ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको दाहालको भनाइ थियो ।