कालीगण्डकी करिडोरको बागलुङ खण्डको निर्माण अन्तिम चरणमा

माघ १०,२०७७

-

माघ १०,२०७७ काठमाडौं ।
छिमेकी मुलुक चीन र भारत जोड्ने सबैभन्दा छोटो राष्ट्रि«य गौरवको सडक आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ ।
 
यो करिडोरको बागलुङ खण्डमा ३४ किलोमिटर सडक पर्छ । २०७० सालदेखि नेपाली सेनाले बागलुङ-गुल्मी खण्डमा सडक निर्माण तथा विस्तारको काम गर्दै आएको छ । करिडोरको गुल्मी खण्डमा ४१ किलोमिटर सडक पर्छ ।
 
बागलुङ खण्डको डाँडाकाल भीर, दुसाभीर, कालुङखोला भीरमा पहरो कटानको काम भइरहेको नेपाली सेना कालीगण्डकी करिडोर सडक निर्माण कार्यदलका प्राविधिक सहसेनानी शालिकराम नेपालले जानकारी दिनुभयो ।
 
नेपाली सेनाले गत वर्ष पुस १ गते बागलुङ खण्डको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक कालीगण्डकी करिडोर सडक आयोजनालाई हस्तान्तरण गरेको थियो । बाँकी २४ किलोमिटर सडक विस्तार अन्तिम चरणमा पुगेको प्राविधिक सहसेनानी नेपालको भनाइ छ ।
 
दुई खण्डमा काम गर्न सरकारले चालू आर्थिक वर्ष २०७७र७८ मा १८ करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । आजको गोरखापत्रमा खबर छ ।