प्रतिनिधिसभा विघटन विरुद्ध दलहरुको एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएन्ः बाबुराम

माघ १०,२०७७

-

माघ १०,२०७७ काठमाडौं ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन विरुद्ध दलहरुको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको बताएका छन् ।
 
शुक्रबार साझ ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी ओलीको संसद विघटन निर्णयविरुद्ध नेपाली काँग्रेस प्रचण्ड माधव नेकपा र जसपाको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको बताए ।
 
शुक्रबार साझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि भट्टराईले एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने भनेर नेताहरुलाई प्रश्न गरेका छन् ।
 
आम जनताको वितृष्णा, भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकन उनको आग्रह छ । 
 
उनले लेखेका छन्, ओलीप्रतिगमन विरूद्ध नेका,प्रचण्ड९माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्।तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं १ आम जनताको वितृष्णा,भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकौं।एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने? सोचौं