शनिबार २३२ जनामा कोरोना पुष्टि, ३८६ जना संक्रमणमुक्त

माघ १०,२०७७

-

माघ १०, २०७७ काठमाडौं ।
 
नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितहरुमा १४१ पुरुष र ९१ महिला रहेका छन् । ३ हजार ५४१ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
 
पछिल्लो २४ घण्टामा थप ३८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६३ हजार ७३४ पुगेको छ ।
 
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।
 
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
 
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९९४ पुगेको छ ।