हाम्रो टिमद्धारा अनामनगरमा ६५ रुपैँयामा शाकाहारी खानाघर सञ्चालन

माघ १७,२०७७

-आस्था न्यूज

माघ १७ २०७७ काठमाडौं ।
 
काठमाडौंको अनामनगरमा आजदेखि ६५ रुपैयामै खाना खान पाइने भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको हाम्रो टिम नेपाल नाम सामाजिक संस्थाले सस्तोमा शाकाहारी खाना खान पाइने व्यवस्था गर्न लागेको हो ।
 
न्युन आए भएका व्यक्तिलाई लक्षित गरी नाफा कमाउने भन्दा पनि सेवा दिने उद्धेश्यले सस्तोमा खाना उपलब्ध गराउन लागिएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले जानकारी दिनुभयो ।
 
सरकारले गत बर्षको चैतमा एक्कासी लकडाउन गरेपछि विचल्लीमा परेका गरिव तथा मजदुरहरुलाई खुल्ला मञ्चमा निःशुल्क खाना खुवाउदै आएको संस्थाले नै अहिले “हाम्रो खाना घर” खोलेको हो ।
 
खानाघरबाट भएको आम्दानीले तीनै गरिवहरुलाई निःशुल्क खाना खुवाउने उद्धेश्य रहेको अध्यक्ष पन्तले बताउनुभयो । दैनिक एक हजार जनालाई खाना खुवाउन सकिने उहाँको भनाई छ । खानाघर स्थापनाका लागि झण्डै २० लाख रुपैया खर्च भएको पनि उहाँले बताउनुभयो ।
 
सस्तोमा खाना घर संचालन गर्न र गरिवहरुलाई निःशुल्क खाना खुवाउनका लागि विभिन्न समाजसेवीहरुले सहयोग गरेको हाम्रो टिम नेपालका सदस्य विश्वबन्दु भण्डारीले जानकारी दिनुभयो ।
 
हाम्रो टिम नेपालले कपडा बैंक स्थापना गरेर गरिवलाई निःशल्क कपडा वितरण गर्ने अभियान पनि सञ्चालन गर्दै आएको छ ।
 
कपडा बैंक काठमाडौका विभिन्न ठाउँसँगै काठमाडौ बाहिरका विभिन्न जिल्लामा समेत अहिले पनि सञ्चालन भइरहेको भण्डारीले बताउनुभयो ।
No photo description available.