इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी

माघ २३,२०७७

-

माघ २३,२०७७ काठमाडौं ।
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
 
चेल्सीलाई जिताउन खेलको २४ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।
 
पराजित टोटनह्याम आठौं स्थानमा धकेलिएको छ । चेल्सीले २२ खेलबाट ३६ अंक जोडेको छ भने टोटनह्यामको २१ खेलमा ३३ अंक छ ।