राष्ट्रिय महिला लिग फुटबलमा पुलिस क्लबको सहज जित

माघ ३०,२०७७

-

माघ ३०,२०७७ काठमाडौं ।
राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।
 
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
 
पुलिसको जितमा सिर्जना खड्का, निर्मला बिक र रेखा पौडेलले एक एक गोल गरिन् । लिगमा पुलिसको यो चौंथो जित हो ।
 
जितसँगै पुलिसले तेस्रो स्थानको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।
 
वालिङ पुलिस भन्दा गोल अन्तरले अघि रहेको छ । चन्द्रपुर ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।