सेयर बजारमा ३३ अंकको गिरावट, नेको इन्सुरेन्स अग्रस्थानमा

फाल्गुण ०२,२०७७

-

फागुन २, २०७७ काठमाडौं ।
 
नेप्से सूचक ३३.३३ अंकले घटेर आजको कारोबार बन्द भएको छ । बजार  २४९३.५९ विन्दुमा अडिएको छ । 
घटेको बजारमा ६ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन १ करोड ४८ लाख ५१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
 
म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक आरालो लागेको छ । नेपाल इन्फ्रास्टक्चर बैंकको भाउमा भने सकारात्मक सर्किट लागेको छ । खरिदबिक्री रकममा नेको इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसको ५२ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।