प्रतिनिधिसभा विघटन मुद्धामा संविधानमा के लेखेको छ, त्यतिमात्र हेर्ने होः वरिष्ठ अधिवक्ता कार्की

फाल्गुण ०४,२०७७

-आस्था न्यूज

फागुन ४,२०७७ काठमाडौं ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्धामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेनुपर्ने बताएका छन् ।
 
संवैधानिक इजलासमा मंगलबारदेखि सुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा पर्‍यो भनेर सडक आन्दोलनमा रहेको बताए । यस्तो स्थितिमा ५ जना (संवैधानिक इजलास)ले निर्णय गर्नुपर्ने अवस्था आएको भन्दै उनले भने, ‘निर्णय दिँदा के लेख्या छ त्यतिमात्र हेर्नुपर्छ । अन्त हेर्ने होइन । एउटा लेख्या छ अर्को होला भन्न पाइन्न । जे लेख्या छ त्यही हेर्ने हो ।’
 
‘व्याख्या श्रीमानहरुले गर्ने हो । ब्याख्याको पनि कानुन छ । त्यहीअनुसार मैले गरेको व्याख्या मिल्यो कि मिलेन भनेर जाँच गर्ने हो,’ उनले अघि भने, ‘विधायकी मनसाय के थियो ? त्यही अनुसार बुझ्नुपर्छ ।’
 
उनका अनुसार कुनै पनि देशमा संविधान लेख्दा निर्माताले सबैभन्दा पहिले सर्त कुन मोडेलको भनेर टुङ्याउनुपर्छ । ०४७ मा संवैधानिक राजतन्त्र सहितको लेख्नेमा दुविधा कुनै विवाद थिएन । ‘प्रहिलो संविधानसभामा परिवर्तनकारी भनेर जिताएर पठाइयो लेख्नुपर्ने प्रजातान्त्रिक संविधान कसरी लेख्नु,’ उनले भने, ‘दोस्रोमा पुगेर शासकीय स्वरुप निर्धारण भयो र धारा ७४ लिखियो । ७४ मा बहुलबादमा आधारित हुने गणतन्त्रात्मक संसदीय शासन पद्धति हुने भनियो । संसदीय शासन पद्धति नै भनिएको छ ।’
 
तर उनले घुमाउने भाषामा संसद विघटनलाई असंवैधानिक भनेका छन् । ‘संस्था रहृयो भने व्यक्तिमा भएको कमजोरी पनि सच्याउछ । जो हट्न चाहन्छ, विश्वासको संकट पर्छ भने विश्वासको मत लिन जाने हो ।