२० लाख डोज खोप खरिदका लागि प्रक्रिया पूरा, दुई हप्ताभित्र खोप आइपुग्ने

फाल्गुण ०६,२०७७

-

फागुन ६,२०७७ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले खोप प्रक्रियाको काम पूरा गरिसकेको बताउँदै २ हप्ताभित्र खोप आइपुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रिपाठीले भने, ‘२० लाख डोज खोप खरिद प्रक्रिया पूरा भइसकेको छ । खोप सहुलियत दरमै आउँदैछ ।’
 
माघ ८ गते भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो । सो अनुसार अहिले खोप अभियान सञ्चालन भइरहेको छ । उनले आगामी फागुन २३ गतेदेखि जोखिम समूहलाई खोप दिने तयारी गरिरहेको बताए ।