प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमा प्रदर्शन

फाल्गुण १०,२०७७

-

फागुन १०,२०७७ काठमाडौं ।
प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड-माधव पक्ष निकट दलित मोर्चाको अगुवाइमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । 
 
प्रतिनिधि सभा विघटन लगायत सरकारको प्रतिगामी कदमको विरोधमा मोर्चाका कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । 
 
प्रदर्शनमा सहभागीहरुले ‘केपी ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमको विरोध गरौँ’ लेखिएका पम्प्लेट बोकेका थिए ।