कांग्रेसले मुख्यमन्त्री राईविरूद्धको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्ने

फाल्गुण १०,२०७७

-आस्था न्यूज

फागुन १०,२०७७ काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको पक्षमा मतदान गर्ने बताएका छन्।
 
सिटौलाले यस सम्बन्धमा कांग्रेस प्रदेश नम्बर १ को प्रदेश संसदीय दलले निर्णय गरी अविश्वासको पक्षमा मतदान गर्ने प्रस्ट पारेका छन्।
 
मुख्यमन्त्री शेरधन राईलाई नेकपाका प्रचण्ड(नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
 
आइतबार उक्त प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ। यस सम्बन्धी छलफल गर्न फागुन २० मा प्रदेश सभा बैठक बस्दैछ।
 
सिटौलाले आइतबार मोरङका पत्रकारहरूसँग कुराकानी गर्दै अविश्वास प्रस्तावका पक्षमा कांग्रेस उभिने बताएका हुन्।
 
सिटौलाले संसद् विघटन गलत रहेको पार्टीको निर्णय स्पष्ट छ भन्दै यसका विरुद्ध देशव्यापीरूपमा आन्दोलन र विरोधका कार्यक्रम सञ्चालन भइरहेको पनि बताए।
 
उनले संविधानबाट निर्माण भएको सर्वोच्च अदालतले यसको रक्षा गर्ने विश्वास व्यक्त गर्दै यससम्बन्धी विकल्प नदिने आशा व्यक्त गरेका छन्।
 
उनले संसद् विघटनले वैधानिकता पाएमा क्रमिकरूपमा व्यवस्था समाप्त हुँदै जाने आशङ्का व्यक्त गरेका छन्।