आज सुरक्षा परिषद् बैठक बस्दै

फाल्गुण ११,२०७७

-

फागुन ११,२०७७ काठमाडौं।
प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।
 
प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई नै मध्यनजर गरेर बैठक बोलाएको हुन सक्ने स्रोतले बतायो । तर रक्षा सचिव रेश्मीराज पाण्डेले बैठक नियमित भएको जानकारी दिए ।
 
प्रतिनिधिसभा विघटनको मुद्दामा फैसलाको व्यग्र प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ ।
 
सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले मंगलबारका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।