दक्षिण अफ्रिकाको राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त

फाल्गुण ११,२०७७

-

फागुन ११, २०७७ काठमाडौं ।
सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।