एक युवालाई बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ

फाल्गुण १६,२०७७

-

फागुन १६,२०७७ काठमाडौं ।
एक युवालाई बन्धक बनाएर १० लाख फिरौती माग्ने तीन जना पक्राउ परेका छन् । 
 
पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका १६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, विराटनगर महानगरपालिका १२ बखरीका २१ वर्षीय अजय यादव र विराटनगर महानगरपालिका ६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् । 
 
पक्राउ पर्नेहरुले मोरङ जिल्लाको विराटनगर महानगरपालिका १८ निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसोबाट बन्धक बनाएका थिए । 
 
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ पर्नेहरुले पीडितको परिवारसँग १० लाख फिरौती माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले बताए । 
 
प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गरेको प्रहरी नायव उपरिक्षक राईले बताए ।