‘दौडदै-उफ्रदै’ भन्ने नाराका साथ ह्याप्पी किड्सको स्पोर्ट्स डे सम्पन्न

फाल्गुण १६,२०७७

-आस्था न्यूज

फागुन १६,२०७७ काठमाडौं ।
दौडदै उफ्रदै भन्ने नाराका साथ ह्याप्पी किड्स मण्टेश्वरी प्री स्कुलको एन्युअल स्पोर्ट्स डे सम्पन्न भएको छ । कोरोनाका कारण बालबालिकाहरुमा उत्पन्न नैराश्यतालाई हटाई स्फुर्ति बनाउन सहयोग पुर्याउने उदेश्यले कार्यक्रम गरिएको विद्यालयका प्रिन्सीपल सुजन श्रेष्ठले बताउनुभयो ।
 
नेसनल स्पोर्ट्स सेन्टरमा गरिएको कार्यक्रममा बालबालिकाहरुले आ-आफ्ना प्रस्तुतिहरु देखाएका थिए ।
 
अभिभावकहरुको समेत सहभागिता रहेको स्पोर्ट्स डे अन्तरगत शनिबार बालबालिकाहरुलाई खुला चउरमा दौडन, उफ्रनुका साथै विभिन्न खेल, मनोरञ्जनात्कम क्रियाकलापहरु गर्न लगाइएको थियो ।
No description available.
स्वस्थ जीवनका लागि खेलकुदको महत्वलाई ध्यानमा राख्दै साना बालबालिकाहरुलाई थप हौंसला प्रदान गर्नका लागि समय-समयमा विद्यालयले यस्ता किसिमका क्रियाकलाप गर्दै आएकोे पनि शिक्षिका रुपा खड्काले जानकारी दिनुभयो ।
No description available.
 
कार्यक्रममा भाग लिएका बालबालिकाहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिएको शिक्षिका शावित्रा उप्रेतीले बताउनुभयो ।
No description available.
 
No description available.