शितलादेवी माविको बार्षिकोत्सवका अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

फाल्गुण १६,२०७७

-आस्था न्यूज

फागुन १६,२०७७ काठमाडौं ।
रामेछाप नगरपालिका वडा नं २ स्थित श्री शितलादेवी माध्यमिक विद्यालयको ६१औं बार्षिकोत्सवका अवसरमा  खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
 
देउराली वडा कार्यालयको आयोजना तथा शीतलादेवी माध्यमिक विद्यालयको सहकार्यमा फागुन २० देखि २४ गते सम्म भलिबल प्रतियोगिता हुन लागेको हो ।
 
प्रतियोगितामा खुल्लातर्फ प्रथम हुने खेलाडी समुहलाई नगद ७५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी सान्त्वना हुनेलाई नगद १० हजार सहित मेडल र प्रमाणपत्र  प्रदान गरिनुका साथै  उत्कृष्ट खेलाडीलाई सम्मान गरिने जनाइएको छ । 
 
यसैगरी फागुन २० र २१  गते पनि टोल स्तरीय भलिबल प्रतियोगिता हुनेछन् ।
 
टोल स्तरीय भलिबल प्रतियोगितामा प्रथम हुनेलाई १० हजार,  द्धितीय हुनेलाई ७ हजार, तृतीय हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई ३ हजार रुपैयाँ सहित मेडल  र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । साथै उत्कष्ट खेलाडी सम्मान समेत गरिने वडा कार्यलयद्धारा जारी सुचनामा जनाइएको छ । 
 
शितलादेवी माध्यमिक विद्यालयले ६१औं बार्षिकोत्सव यही फागुन २४ गते विभिन्न कार्यक्रमहरु गरि मनाउन लागेको हो । विभिन्न प्रतियोगिताका विजयीहरुलाई सोही दिन पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।