प्रि-मनसुन सुरु, दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने

फाल्गुण १७,२०७७

-

फागुन १७,२०७७ काठमाडौं ।
आजदेखि सिजनको हिसाबले प्रि-मनसुन सुरु भएको छ । 
 
जाडोयामको सिजन सकिएलगत्तै प्रि-मनसुन सुरु भएको हो । 
 
मौसमविद्ले मार्च १ तारिखदेखि तीन महिना प्रि-मनसुनको सिजन हुने बताउनुभयो  । मार्च, अप्रिल र मे महिना प्रि-मनसुनको सिजन हो । यसपछि मनसुन सुरु हुन्छ ।
 
प्रि-मनसुनको समयमा दिउँसो र बेलुकाको समयमा धेरै हावाहुरी चल्ने हुन्छ । प्रि(मनसुन सुरु भएको एकरदुई दिनमा नै यसका गतिविधि सुरु नभए पनि बिस्तारै गतिविधि देखिने मौसमविद् निराजन सापकोटाले बताउनुभयो । 
 
उहाँकाअनुसार विशेषगरी यो सिजनमा आगलागीका घटना धेरै हुने गर्छन्  । यस्तै, यो  सिजनमा मेघगर्जनसहित चट्याङ्ग पर्ने हुँदा मानवीय क्षति हुने जोखिम पनि उतिकै रहन्छ । 
 
प्रि(मनसुनमा हावाहुरीसहित असिना पानी पर्ने पनि हुन्छ । सिजनका हिसाबले यसपालिको जाडोयाम सकिएको छ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।