सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा

फाल्गुण १८,२०७७

-

फागुन १८,२०७७ काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौंको बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा ल्याएको छ । 
 
देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवा प्रदान गदै आएको छ । 
 
मंगलबार बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा आए पछि बैंकको कुल शाखा १२२ पुगेको छ । बैंकले १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।