समाजसेवी पवित्रा गौतमद्धारा ७ प्रदेशमा सहयोग हस्तान्तरण

फाल्गुण १८,२०७७

-आस्था न्यूज

फागुन १८,२०७७ काठमाडौं ।
समाजसेवी पवित्रा गौतमले आफ्नो जन्मदिनको उपलक्ष्यमा ७ प्रदेश र विभिन्न जिल्लामा निःशुल्क शाकाहारी भोजन तथा आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।
 
लामो समयदेखी इजराएलमा बस्दै आउनुभएकी गौतमले नेपालको पहिलो फुड बैंक निःशुल्क शाकाहारी भोजन सेवाका परिकल्पनाकार राधे खड्का मार्फत विपन्न परिवारका लागि फलफूल, लत्ताकपडा, औषधि तथा आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
 
नेपालीहरुको निरन्तर समाजसेवामा सक्रिय गौतमले जन्मदिनको अवसर पारेर पठाएको दुई लाख रुपैयाँ बराबरको रकमबाट सामग्री खरिद गरी विभिन्न व्यक्तिमार्फत हस्तान्तरण गरिएको परिकल्पनाकार खड्काले जानकारी दिनुभयो ।