बीएन्डसीलाई सम्बन्धन दिन लागेकोमा कांग्रेसको आपत्ति

फाल्गुण १८,२०७७

-

फागुन १८,२०७७ काठमाडौं ।
झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
 
शिक्षामन्त्रीको ठाडो निर्देशनमा बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै कांग्रेस शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 
 
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वयतत्तामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना गर्न खोजेको कांग्रेसले बताएको छ ।