झापामा कार र ट्रक ठोक्किँदा २ को मृत्यु

फाल्गुण १९,२०७७

-

फागुन १९,२०७७ काठमाडौं ।
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा बुधबार अपरान्ह भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् । 
 
पूर्वपश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा–माई सडक खण्डमा प्रदेश १-०४-००१च ०१६७ नम्बरको कार र ग्यास बोकेको ट्रक एकआपसमा ठक्कर खाई अनियन्त्रित भएको थियो । ट्रकले कारलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । अनियन्त्रित ट्रकमा प्रदेश १-०१३ प १७८३ नम्बरको मोटरसाइकल पनि ठक्कर खाएको थियो ।
 
दुर्घटनामा कारका चालक धरान १६ का दिपक क्षेत्री र कारमा सवार सोलुखुम्बुका दिलीप रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
 
सवारीमा सवार अन्य दुई जना सोलुम्बुकै अन्जु मगर र सुरेश मगरको बिएन्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
 
प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकलका चालक शिवसताक्षी २ का ज्ञानबहादुर प्रसाईं र पछाडी सवार निजकी श्रीमती सोनम श्रेष्ठ पनि घाइते छन् । उनीहरुको पनि उपचार भइरहेको छ ।