सेभियालाई पराजित गर्दै बार्सा कोपा डेल रेको फाइनलमा

फाल्गुण २०,२०७७

-आस्था न्यूज

फागुन २०, २०७७ काठमाडौं ।
पहिलो लेगमा ब्यहोरेको २-० को हार उल्टाउँदै बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ३-० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । नाटकीय खेलमा बार्सिलोनाले समग्रमा ३-२ को जीत हासिल गर्न सफल भएको हो ।
 
३० मिनेटको अतिरिक्त समयको शुरुवातमा नै मार्टिन ब्राथवेटले निर्णायक गोल गर्दै बार्सिलोनालाई जीत दिलाए । खेलमा ओसमान डेम्बेलेले बार्सिलोनालाई १२ औँ मिनेटमा नै अग्रता दिलाएका थिए ।
 
त्यसपछि लुकास ओकाम्पोसले सेभियालाई पेनाल्टीबाट गोल गर्न चुकेको थिए । फर्नान्डोले रातो कार्ड खाँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा सिमित बन्यो । जेरोर्ड पिकेले इन्जुरी समयमा गोल गर्दै खेल २-२ को बराबरी गरे ।
 
कीर्तिमानी ३१ औँ पटक प्रतियोगिताको उपाधि जित्ने होडमा रहेको बार्साले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र लेभान्तेबीचको विजेतासँग भिड्नेछ ।