त्रिविले परीक्षा केन्द्रमा सीसी क्यामेरा राख्ने

फाल्गुण २०,२०७७

-

फागुन २०, २०७७ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राख्ने भएको छ ।
 
वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो ।
 
सोही निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएको छ ।
 
सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिनुपर्ने र कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्ने पनि परीक्षा नियन्त्रण कार्यालयले माग गरेको छ ।
 
नियमित परीक्षालाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।